Global Bank's Service in E.P.S. - 2 [Back]

Global Bank's Service in E.P.S. - 2


नेपाल सरकार र गणतन्त्र कोरिया बिचको सम्झौता अनुरुप गणतन्त्र कोरियामा नेपाली कामदार पठाउने सिलसिलामा कोरिया भाषा परिक्षाको लागि आवेदन संकलन गर्न तोकिएको मिति यहि आषाढ १ गते देखि आषाढ ४ गते सम्म ग्लेाबल बैंक लि. ले परिक्षार्थिहरुबाट परिक्षा शुल्कबापतको रकम संकलन गर्ने कार्यलाई ब्यवस्थित रुपमा सम्पन्न गरेको छ।

उक्त कार्यको लागि ग्लेाबल बैंक लि.ले आफ्ना करिव ८० जना जनशक्ति परिचालित गरी १६ वटा नगद संकलन काउन्टरबाट सेवा प्रदान गरेको थियो। उक्त रकम संकलन कार्य बिहान ९ बजेदेखि साँझ ७ बजे सम्म दशरथ रंगशालामा संचालित थियो।

करिब ४२,००० परिक्षार्थिहरुले आवेदन बुझाएको उक्त कार्यक्रममा रकम संकलन गर्ने कार्य छिटो छरितो रुपमा बैंकले गरेकोले आवेदकहरुलाई फारम बुझाउन सहजता महशुश भएको थियो। उमेर लगायत अन्य कारणले अयोग्य देखिएका आबेदकहरुको परिक्षा शुल्क बैंकले तुरुन्तै संकलन केन्द्रबाटै फिर्तागर्ने व्यवस्था पनि मिलाएको थियो।

ग्लोबल बैंक लिं. ले करिब २ बर्ष अगाडि पनि यो सेवा श्रम तथा यातायात व्यवस्था मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको समन्वयमा सम्पन्न गरेको थियो।
  

Global Online

Learn More »

Global SMS Banking

Learn More »

Global Card Products

Learn More »

Pay Utility Bill Online

The easiest way to pay your utility bills.

Learn More »

Global Remit

The safest and reliable money transfer system

Learn More »